गण्डकीको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित


गण्डकी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ ।

उहाँले ६० सदस्यीय प्रदेशसभामा रहेका ३२ सांसदको मत पाउनुभयो । ज्येष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गरेका एमालेका मित्रलाल बस्याल मतदानमा सहभागी नहुँदा नेकपा एकीकृत समाजवादीका सांसद दीपक मनाङे धितालको पक्षमा उभिनुभयो ।

मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिदा पुस २५ गते मनाङे अनुपस्थित हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती अर्यालले २६ मत प्राप्त गर्नुभयो । २७ सांसद रहेको कांग्रेसका सांसद महेन्द्रध्वज जिसी अनुपस्थित हुनुहुन्थ्यो ।

गोरखा १ ‘क’ बाट विजयी ६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुनुहुन्छ । २०५२ सालमा परिवारसहित भूमिगत बन्नुभएका उहाँलाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो ।

भारतमा उहाँले बम र बारुद बनाउने तालिम लिनुभएको थियो । गण्डकी प्रदेशमा उपसभामुखको चुनाव माघ २ गतेका लागि तोकिएको छ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال