प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । उनले माघ ३ गते सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् ।
उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए । ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन ।
अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने । आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ ।