उद्धारमा तीव्रता दिन सरकारलाई कांग्रेसको आग्र


नेपाली कांग्रेसले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले विज्ञप्ति निकाल्दै यती एयरलाइन्सको दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । देउवाले घटनामा परी निधन भएकाहरुका श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो । आइतबार पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ जनासहित ६८ यात्रु सवार थिए ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال