आज साउन २८: आजको राशिफल यी राशिलाई ठूलो सफल्ता


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अधिकारका लागि केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मान सम्मान समेत प्राप्त हुने समय छ । सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ ।


वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।


मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । खर्च बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।


कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।


कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भएपनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।


तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।


वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।


धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ ।


मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । अर्थ अभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।


कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।


मीन ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال