आज साउन २९: आजको राशिफल यी राशिलाई ठूलो संकट


मेष 

विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला ।


वृष 

नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हात पार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।


मिथुन

पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भएपनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् ।


कर्कट

तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । अवसर प्राप्त भएपनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।


सिंह

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला ।


कन्या

दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।


तुला 

सामान्य आम्दानी भइरहेपनि अर्थ अभावले सताउन सक्छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । तर अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला ।


वृश्चिक 

व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । गोपनीयतामा ध्यान दिनुहोला ।


धनु 

सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।


मकर 

समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरेपनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ ।


कुम्भ

आज आफ्ना नातेदारहरुसँग झै झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । साथै, सवारी साधन चलाउँदा पनि सावधान रहनु होला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।


मीन

आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मान सम्मान पाइनेछ तर पनि गरि रहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाँउबाट धनमाल आर्जन हुने देखिन्छ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال