मेष – यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । शुभ कार्य र नयाँ कार्यको योजना बन्ला । आफन्त या नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नु पर्नेछ ।
वृष – यो साता लाभहानी, आयव्यय, सुख दुःख बराबरी मध्यम खालको दिन रहनेछ । मन भावुक र उत्ताउलो बन्नसक्छ । शेयर बजार तथा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन खिन्न हुने स्थिति पनि आउला । मंगलबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
मिथुन – यो साता दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखिका बाधाहरू स्वतस् फुकुवा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ, तर शेयर बजार भने कमजोर रहला ।
कर्कट – यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला ।
सिंह – यो साता जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आफूले अरुलाई प्रभावित पारेर काम बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धनागम हुनेछ । बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कन्या – यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ । आत्मबलमा कमी आउनेछ । शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । स्वास्थ्यप्रति सजग रहनु होला । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाइनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
तुला – यो हप्तामा कतै घुम्न जाने योजना बन्न सक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्राविधिक र टेक्निकलको कार्यबाट राम्रो प्रतिफल मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सेतो रङ्गको प्रयोग गर्नाले बढी लाभ मिल्नेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल पनि हुन सक्छ ।
वृश्चिक – यो हप्ता पुनर्मिलनको योग रहेको छ । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मध्य सातामा स्वास्थ्य स्थिति कमजोर रहला । अनावश्यक ठाउँमा धन खर्च होला ।
धनु – यो साता धेरै प्रयास पछि जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ शेयर बजार, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । राजनैतिक र समाजिक कार्यबाट राम्रै लाभ मिल्ने देखिन्छ ।
मकर – यो हप्ता सुख दुःख बराबरी खालको समय छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मध्य सातामा आफ्नो चलाख्याइँले गर्दा लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा सुन्तलारङको हो ।
कुम्भ – यो हप्ता धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । साताको मध्यमा आर्थिक कारोबारमा मन्दी आउनेछ । मन दुखी र खिन्न हुने स्थिति आउनसक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।
मीन – यो साता लामो समय पछि आफन्तसँग भेट घाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । विदेशमा रहने व्यक्तिलाई आँटेको कार्यमा सफलता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ । साताको मध्यमा स्वास्थ्य बिग्रन सक्छ । वैचारिक मनमुटाव पनि बढ्नेछ ।