२०८० माघ १४ गते आइबार देखि २० गते शनिबार सम्मको साप्ताहिक राशिफल माता पाथीभराको दर्शन गरि हेर्नुहोस्!


 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यो साता नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

यो हप्ता विश्वास गरेकाले साथ दिनेछन् । कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कला साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । सोमबारबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यो साता चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो सातामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो साता रोकिएका अधुरा कार्यको थालनी हुनेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो सातामा मिश्रित फल मिल्नेछ । मालसामान हराउने वा नोक्सानी हुन सक्छ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन हुनेछ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो साता पुनर्मिलनको योग रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा पनि परिएला ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो साता आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि साथ नदेला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो समय निकै उत्साहजनक रहनेछ मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनसक्छ । शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال