२०८० पौष २९ गते देखि माघ ६ गते सम्मको साप्ताहिक राशिफल माता पाथीभराको दर्शन गरि हेर्नुहोस्!


मेष –

यो हप्ता पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । धन हात पार्न पनि सक्छ, तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य सातामा चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।


वृष –

यो साता पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।


मिथुन –

यो साता प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफ्नै कमजोरीले विवादमा परिएला। अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । चोटपटकको भय छ सचेत रहनुहोला । मङ्गलवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।


कर्कट –

यो साता विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । भौतिक साधन जुटाउने समय छ । मध्य सातामा प्रेममा मनमुटाव रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।


सिंह –

यो साता पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । साताको उत्तरार्धबाट विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


कन्या –

कन्या मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । स्वास्थ्य र शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।


तुला –

यो सातामा मन खिन्न हुने स्थिति आउनेछ । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अतस् सचेत रहनु होला । सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ । शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । बुधबारबाट विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।


वृश्चिक –

धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।


धनु –

यो हप्तामा प्रेमीको सहयोग पाइनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ । आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ ।


मकर –

यो साता प्राविधिक कार्यमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ। साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला। चुनौतीको सामना गर्नुपर्ला ।


कुम्भ –

यो सातामा दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको उत्तरार्धबाट प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।


मीन –

यो साता रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال