२०८० माघ ०७ गते देखि १३ गते सम्मको साप्ताहिक राशिफल माता पाथीभराको दर्शन गरि हेर्नुहोस्!


मेष–
यो सातामा नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला । शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

वृष–
यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ र घरायसी झमेलामा परिएला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । साताको मध्य भागमा धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । सन्तान सुख पनि मिल्नेछ ।

मिथुन–
यो साता रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । नयाँ काममा सफलता मिल्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् ।

कर्कट–
यो साता छोटो दुरीको लाभदायक यात्रा रहला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

सिंह–
यो हप्तामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । शेयर बजारको लगानी नोक्सानी बढ्न सक्छ ।

कन्या–
यो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा परिवारमा जमघट वा कुनै धार्मिक कार्य सम्पन्न हुनेछ । दैनिक कामहरू अगाडि बढ्न थाल्दछ ।

तुला–
यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेममा सफलता पनि पाइनेछ, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

वृश्चिक–
यो साता आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । घुमफिर, मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

धनु–
यो हप्तामा नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । शत्रु क्षय होलान्, तर नाक तथा घाँटीमा समस्या बढ्न सक्छ अतस् स्वास्थ्य प्रति सजगता हुनुपर्छ ।

मकर–
यो साता स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । पुँजी बजारमा लगानी गर्नु पनि उपयुक्त नहोला । मध्य सातामा साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ ।

कुम्भ–
यो सातामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ । मनोरञ्जनमा सहभागिता भइएला । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

मीन–
यो साता पुनर्मिलनको योग रहेको छ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक र धार्मिक यात्राको योग पनि छ । अतिथिको रूपमा सत्कार पाइनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । सफल यात्रा र नजिकको मित्रसँग भेटघाट हुनेछ, तर स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।
Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال